Lumbini Engineering College

Technical education is the pulse of development & modern age

News & Event

  • Posted On: 2024/09/02

लेकमा विइआइटीका कक्षा सञ्चालन हुने

लेकमा विइआइटीका कक्षा सञ्चालन हुने

लेकमा विइआइटीका कक्षा सञ्चालन हुने - Mechikali News

बुटवल, । रुपन्देहीको तिलोत्तमा–७ भलबारीस्थित लुम्बिनी ईन्जिनियरिङ कलेज (लेक) मा विईआईटी को कक्षा सन्चालन हुने भएको छ । विद्यार्थीहरुको ईन्जिनियरिङमा पढ्ने उत्सुकता बढेकाले यो वर्ष देखि विज्ञानमा प्लस टु वा डिप्लोमा उत्तीर्ण गरेका विद्यार्थीहरुका लागि व्याचलर लेभलमा आई टी मा इन्जिनियर लेख्न पाइने चार बर्षे वि.ई.आई.टी. अध्यापन हुने लुम्बिनि इन्जिनियरिङ कलेजका अध्यक्ष रामचन्द्र ढकालले जानकारी दिए ।
आईटी क्षेत्रमा २५ बर्षको ईतिहास बोकेको कलेजले विद्यार्थीहरुको माग र रुची अनुसार विज्ञानबाट आउने विद्यार्थीहरुका लागि यो वर्षदेखि वि.ई.आई. टी. र कक्षा ११ वा १२ मा कम्प्युटर वा गणित पढेका जुनसुकै संकायमा विद्यार्थीहरुको लागि वि.सि.ए मा पढ्न पाउने अवसरका रुपमा यो वर्ष देखि लागु गरिएको लुम्बिनि ईन्जिनिररिङ म्यानेजमेन्ट एन्ड साइन्स कलेजका अध्यक्ष प्रा. डा. रामचन्द्र आचार्यले बताए । लुम्बिनी ईन्जिनियरिङ कलेज विश्वविद्यालयमा उच्च स्थानमा रहेको अग्रणी संस्था शिक्षण सिकाई र प्रयोगात्मक शिक्षालाई जोडदार रुपमा अगाडि बढाउँदै आएको छ ।
विश्वविद्यालय र शिक्षा मन्त्रालयबाट पटक पटक सम्मानित रहेको लुम्बिनी ईन्जिनियरिङ कलेज नेपाल ईन्जिनियरिङ काउन्सिलबाट स्थायी सम्बन्धन प्राप्त पहिलो प्राईभेट कलेज रहेको कलेजका सदस्य सचिव डा. के.एन. पाण्डेले वताए। पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा ईन्जिनियरको साथ साथै आई.टी.मा पनि माग बढिरहेकाले समय सापेक्ष विषयहरु कलेजले थप्दै जाने योजना रहेको डा. पान्डे को प्रतिवद्दता रहेको छ । कलेजका डाइरेक्टर तुलसीप्रसाद सापकोटाले ०८१ शैक्षिक सत्रका लागि व्याचलर लेवलमा सिभिल ईन्जिनियरिङ, कम्प्युटर ईन्जिनियरिङ, ईलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिङ, वि.ई.आई.टी. र वि.सि.ए.मा भर्ना खुलेको जानाकारी दिदै जीवन उपयोगी शिक्षा अध्यायनका लागि लेकलाई रोज्नुपर्नेमा जोड दिए ।
लेक ०५६ सालमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिई स्थापना भएको यस क्षेत्रका एक मात्र आई.टी. र ईन्जिनियरिङ कलेज हो । स्थापनाकाल देखि व्याचलर लेभलमा सिभिल ईन्जिनियरिङ, कम्प्युटर ईन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन ईन्जिनियरिङ सञ्चालन गर्दै आएको र क्रमश ईलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिङ, वि.सि.ए.थप गरी माष्टर लेभलमा वि.ई. उत्तीर्ण भएका विद्यार्थीहरुका लागि एम.एस.सी कन्स्ट्रक्सन म्यानेजमेन्टमा ०६६ साल देखि कक्षा सञ्चालन भइरहेको उनले बताए ।

 

मेचीकाली संवाददाता