Lumbini Engineering College

Technical education is the pulse of development & modern age

News & Event

  • Posted On: 2024/09/02

लुम्बिनी ईन्जिनियरिङ कलेजमा बिईआईटी पढाउन सुरु

लुम्बिनी ईन्जिनियरिङ कलेजमा बिईआईटी पढाउन सुरु

लुम्बिनी ईन्जिनियरिङ कलेजमा बिईआईटी पढाउन सुरु (butwaldiary.com)

बुटवल । रुपन्देहीको तिलोत्तमा–७ भलबारी स्थित लुम्बिनी ईन्जिनियरिङ कलेज (लेक) मा बिईआईटीका कक्षा सन्चालन हुने भएका छन् । विद्यार्थीहरुको ईन्जिनियरिङमा पढ्ने रुची बढेकाले यो बर्षदेखि विज्ञानमा प्लस टु वा डिप्लोमा उत्तीर्ण गरेका विद्यार्थीहरुका लागि व्याचलर लेभलमा आईटीमा इन्जिनियर लेख्न पाइने चार बर्षे बिईआईटी अध्यापन हुने लुम्बिनि इन्जिनियरिङ कलेजका अध्यक्ष रामचन्द्र ढकालले जानकारी दिनुभयो । आईटी क्षेत्रमा २५ बर्षको ईतिहास बोकेको कलेजले विद्यार्थीहरुको माग र रुची अनुसार विज्ञानबाट आउने विद्यार्थीहरुका लागि यो वर्षदेखि बिईआईटी र कक्षा ११ वा १२ मा कम्प्युटर वा गणित पढेका जुनसुकै संकायमा विद्यार्थीहरुको लागि वि.सि.ए मा पढ्न पाउने अवसरका रुपमा यो वर्षदेखि लागु गरिएको लुम्बिनी ईन्जिनिररिङ म्यानेजमेन्ट एन्ड साइन्स कलेजका अध्यक्ष प्रा. डा. रामचन्द्र आचार्यले जानकारी दिनुभयो । लुम्बिनी ईन्जिनियरिङ कलेज पोखरा विश्वविद्यालयमा उच्च स्थानमा रहेको अग्रणी संस्था शिक्षण सिकाई र प्रयोगात्मक शिक्षालाई जोडदार रुपमा अगाडि बढाउँदै आएको छ ।

पोखरा विश्वविद्यालय र शिक्षा मन्त्रालयबाट पटक पटक सम्मानित रहेको लुम्बिनी ईन्जिनियरिङ कलेज नेपाल ईन्जिनियरिङ काउन्सिलबाट स्थायी सम्बन्धन प्राप्त पहिलो प्राईभेट कलेज रहेको कलेजका सदस्य सचिव डाक्टर केएन पाण्डेले बताउनुभयो । पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा ईन्जिनियरको साथ साथै आईटीमा पनि माग बढिरहेकाले समय सापेक्ष विषयहरु कलेजले थप्दै जाने योजना रहेको डा. पान्डेले प्रतिवद्धता ब्यक्त गर्नुभयो । कलेजका डाइरेक्टर तुलसीप्रसाद सापकोटाले २०८१ को शैक्षिक सत्रका लागि व्याचलर लेवलमा सिभिल ईन्जिनियरिङ, कम्प्युटर ईन्जिनियरिङ, ईलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिङ, बिईआईटी र बिसिएमाका कक्षा संचालन हुन थालेको र त्यसमा भर्ना समेत खुलेको जानाकारी दिदै जीवन उपयोगी शिक्षा अध्यायनका लागि लेकलाई रोज्नुपर्नेमा विश्वास ब्यक्त गर्नुभयो । लेक २०५६ सालमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिई स्थापना भएको यस क्षेत्रको एक मात्र आईटी र ईन्जिनियरिङ कलेज भएको पनि सापकोटाको दावी रहेको छ । स्थापनाकालदेखि व्याचलर लेभलमा सिभिल ईन्जिनियरिङ, कम्प्युटर ईन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन ईन्जिनियरिङ सञ्चालन गर्दै आएको र क्रमश ईलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिङ, बिसिए थप गरी माष्टर लेभलमा वि.ई. उत्तीर्ण भएका विद्यार्थीहरुका लागि एमएससी कन्स्ट्रक्सन म्यानेजमेन्टमा २०६६ सालदेखि कक्षा सञ्चालन भइरहेको उहाले बताउनुभयो ।

बुटवल डायरी